सकियो दिल्ली जी–२० शिखर सम्मेलन, मोदीले लुलालाई सुम्पे अध्यक्षता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रजिललाई जी–२० शिखर सम्मेलनको अध्यक्षता सुम्पेका छन् । 

आइतबार दिउँसो दिल्लीमा भएको जी–२० सम्मेलनका क्रममा मोदीले ब्रजिलका राष्ट्रपति लुला डा सिल्भालाई अध्यक्षता हस्तान्तरण गरेका हुन् । 

अध्यक्षता सुम्पेसँगै दिल्ली जी–२० सम्मेलन पनि सकिएको छ । भारतलाई सन् २०२३ को जी–२० सम्मेलनको आयोजक बनाइएको थियो । अर्को वर्ष ब्रजिलले आयोजना गर्नेछ ।

दिल्ली जी–२० को आखिरी सेसनका क्रममा मोदीले विश्व बदलिरहेको भन्दै विश्वका संस्थानहरु पनि बदलिन जरुरी रहेको बताए । 

लुलाले गरिबी देशको ऋणको समस्यामाथि ध्यान दिनुपर्नेमा जोड दिनुपर्ने बताए । उनले विश्वभरकै भोकमरी हटाउनु बर्ने बताए । 

 

 

Comments

Back to top