जापानमा भिषण बर्षा, १०० भन्दा बढी स्थानमा पहिरो
जापानका केही भागहरू भारी वर्षाले जलमग्न भएको छ ।
अधिकारीहरूले शनिबार भनेका छन् कि उष्ण कटिबंधीय आँधीपछि १०० भन्दा बढी स्थानमा पहिरोहरु पनि गएका छन् ।
राजधानी टोकियोको सिमानामा रहेको चिबा प्रिफेक्चरको मोबारा सहरमा शनिबार राति मात्रै ३९२ मिलिमिटर पानी परेको छ, जुन सन् १९७६ मा यताको सबैभन्दा बढी हो ।
जापानको मौसम विज्ञान एजेन्सीले सर्वेक्षण सुरु गरेयता २४ घण्टाको अवधिमा सहरमा सबैभन्दा ठूलो मात्रामा बर्षा भएको हो ।
दक्षिणी चिनियाँ सहरहरू डुबानमा परेको मुसलधारे बर्षाले रेकर्ड ब्रेक गरेको, टाइफुन हाइकुईले रुखहरू ढालेको तथा ताइवानमा बाढी ल्याए पछि पूर्वी एसिया जलमग्न भएका हुन् ।
Comments