प्रधानमन्त्रीका साथ २४ सदस्यीय टोली अमेरिका जाने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ १९ गतेदेखि सुरू भएको संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन भदौ ३० गते संयुक्त राज्य अमेरिका जाँदै छन्। प्रधानमन्त्री प्रचण्डले महासभाको ७८ औं सभालाई नेपालका तर्फबाट असोज ४ गते सम्बोधन गर्नेछन्।
२४ सदस्यीय टोली अमेरिका जाने तय भएको मुख्यसचिव बैकुण्ठ अर्यालले जानकारी दिएका छन्। प्रधानमन्त्रीको निजी सचिवालयबाट यो समूहमा १० जना हुने छन्। यस्तै भ्रमण टोलीमा मुख्यसचिव बैकुण्ठ अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी पनि छन्।
महासभा चलिरहँदा प्रधानमन्त्री प्रचण्डले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग भेटवार्ता गर्नेछन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन आएका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन्।
Comments