मोरक्कोमा शक्तिशाली भूकम्प, कम्तीमा २९६ को मृत्यु, सयौँ घाइते
अफ्रिकी देश मोरक्कोमा एकाबिहानै शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण त्यहाँ अहिलेसम्म कम्तीमा २९६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सो भूकम्पमा परी कम्तीमा १५३ जना गम्भीर घाइते भएका छन् ।
भूकम्पको तीव्रता ६ दशमलव ८ रेक्टर स्केल रहेको बताइएको छ । भग्नावशेषबाट मानिसलाई निकाल्न उद्दार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
भूकम्पको केन्द्र विन्दू हाइ एटलस माउन्टेन रहेको छ। निरन्तर पराकम्पन आएकाले मानिसहरु घर बाहिर आएर बसेका छन् ।
भूकम्पका कारण थुप्रै भवन ढलेका छन् । ती भवनमा पुरिएर धेरेको ज्यान गएको हो । अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार १२० वर्षमा पहिलो पटक उक्त क्षेत्रमा यतिठूलो भूकम्प आएको हो ।
यसको तीव्रता अमेरिकी जियालोजिकल सर्वेका अनुसार ७.२ स्केल रहेको बताइएको छ। अहिलेसम्म यति नै भन्ने निश्चित भएको छैन।
Comments