ट्रम्पका पूर्वसल्लाहकार पिटर नाभारो अवहेलनाको मुद्दामा दोषी ठहर
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वसल्लाहकार पिटर नाभारो अवहेलनाको मुद्दामा दोषी ठहर भएका छन् ।
बिहीवार अदालतले उनलाई ६ जनवरी २०२१ को हमलाको अध्ययन गरिरहेको विषयलाई अवहेलना गरेको आरोपमा दोषी ठहर गरेको हो । ट्रम्पको कार्यकालमा ह्वाइट हाउस अफिस अफ ट्रेड एण्ड म्यानुफ्याक्चरिङ पोलिसीका निर्देशक रहेका ७४ वर्षीय नाभारोले अनुसन्धान समितिलाई बयान दिन अस्वीकार गरेकोमा दोषी ठहर गरिएको बताइएको छ ।
नाभारोलाई अधिकतम दुई वर्ष जेल र २ लाख अमेरिकी डलरसम्म जरिवाना हुनसक्ने बताइएको छ।
Comments