आज निजामती सेवा दिवस मनाइँदै
सरकारले ‘व्यावसायिक र सृजनशील प्रशासन: विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ शुक्रवार(आज) २०औँ निजामती सेवा दिवस मनाउँदै छ।। नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि वि.सं. २०६२ भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।
वि.सं. २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो ।
दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अन्य मन्त्रालयहरूले विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् भने दिवसका अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार वितरण गरिँदै छ ।
Comments