जापानले पनि गर्यो ‘मुन मिशन’ प्रक्षेपण
जापानले बिहीबार बिहान राष्ट्रिय अन्तरिक्ष एजेन्सीको मुन ल्यान्डर बोकेको रकेट एचआईआई ए प्रक्षेपण गरेको छ।
खराब मौसमका कारण गत महिना तीन पटक मिशन स्थगित गरे पनि बिहीबार बिहान भने जापान अन्ततः मुन मिशन अभियान सफल बनाउन सफल भयो ।
यो प्रक्षेपण तानेगाशिमा स्पेस सेन्टरबाट रकेटमार्फत गरिएको थियो । बारम्बार खराब मौसमका कारण जापानी अन्तरिक्ष एजेन्सीले चन्द्रमाको प्रक्षेपण मिति परिवर्तन गर्नुपरेको थियो । जापानिज एरोस्पेस एक्सप्लोरेसन एजेन्सी एच आइ आइ ए ले प्रक्षेपण गर्न लागेको मुन मिसन ‘मुन स्निपर’ मा रकेटले ल्यान्डर बोकेर चारदेखि ६ महिनामा चन्द्रमाको सतहमा पुग्ने अपेक्षा गरिएको छ ।
जापानको चन्द्रमा मिशनले ब्रह्माण्डको विकासको अनुसन्धान गर्न डिजाइन गरिएको एक्सरे इमेजिङ उपग्रह पनि लैजाने छ ।
कार्यक्रमलाई जाक्साको युट्युब च्यानलमा प्रत्यक्ष प्रसारण गरिएको थियो जसले अंग्रेजी र जापानी दुवै भाषामा प्रसारण प्रदान गरिएको थियो । जापानले लामो समयदेखि आफ्नो चन्द्रमा मिसनमा काम गरिरहेको छ ।
Comments