काठमाडौं महानगरपालिकामा शुक्रबार शोक बिदा
काठमाडौं महानगरपालिकाले शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ।
काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको असमायिक निधन भएपछि महानगरपालिकाभित्र शोक बिदा दिने निर्णय भएको प्रशासन विभाग प्रमुख दीपक अधिकारीले बताए।
उनका अनुसार शुक्रबार काठमाडौं महानगरपालिकाअन्तर्गतका कार्यालयहरू बन्द हुनेछन्। वडाध्यक्ष रिजालको बिहीबार ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।
Comments