सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप

सैनिक हिरासतमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप उनका कान्छा छोराले लगाएका छन्। 

दाँतको गम्भीर समस्याबाट पीडित ७८ वर्षीया नेत्रीलाई आपत्कालीन स्वास्थ्य सेवाबाट वञ्चित गरिएको उनका छोरा किम एरिसले बताएका हुन् । बिरामी आमालाई स्वास्थ्य सेवा उपलब्ध गराउन सैन्य सरकारसमक्ष कारागारका अधिकारीहरूले गरेको अनुरोधलाई सैनिक नेतृत्वले रोकेको किमले बताए । 

दाँत र गिजाको गम्भीर समस्याका कारण आफ्नी आमा केही दिनदेखि अस्वस्थ भइ खाननसक्ने अवस्थामा पुगेको उनले बीबीसी बर्मेली सेवालाई बताए । 

कारागार स्रोतले पनि नेत्री सुची भोजन गर्न असमर्थ भएकी बताएको छ । यद्यपि एक सैन्य प्रवक्ताले उनको स्वास्थ्यमा समस्या नभएको तथा सैनिक एवं गैरसैनिक चिकित्सकहरूबाट नियमित रुपमा स्वास्थ्य परीक्षण एवं उपचार भइरहेको दाबी गरेका छन् । 

Comments

Back to top