श्रीलंका एसिया कपको सुपर फोरमा, अफगानिस्तानमाथि दुई रनको रोमाञ्चक जित

अफगानिस्तानलाई दुई रनले हराउँदै श्रीलंका एसिया कपमा सुपर फोरमा पुगेको छ ।

श्रीलंकाले समूह बी का दुवै खेल जितेर चार अंकसहित शीर्ष स्थानमा रहँदै सुपर फोरमा स्थान बनाएको हो । लाहोरको गद्दाफी मैदानमा श्रीलंकाले दिएको लागि २ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ३७ ओभर ४ बलमा २ सय ८९ रनमा अल आउट भयो ।

अफगानिस्तालाई सुपर फोरमा पुग्न २ सय ९१ रनको लक्ष्य ३७ ओभर १ बलमा जित्नुपर्ने हुन्थ्यो ।  अफगानिस्तानलाई अन्तिम एक बलमा तीन रन चाहिएको  थियो । त्यसै बेला उसले विकेट गुमायो भने रन जोड्न सकेन ।

अफगानिस्तानका मोहम्मद नाबीले ३२ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ६५ रन बनाए सकेन । नाबी अफगानिस्तानबाट ओडिआईमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । राशिद खान १६ बलमा ४ चौका र १ छक्कासहित २७ रनमा नट आउट रहे ।

श्रीलंकाका कसुन रजिथाले १० ओभरमा ७९ रन खर्चेर ४ विकेट लिए । दुनिथ वेलालेगे र धनन्जय डि सिल्भाले समान दुई विकेट लिए ।

त्यसअघि गद्दाफी स्टेडियम लाहोरमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थियो । श्रीलंकाका विकेटकिपर कुशल मेन्डिसले ८४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ९२ रन बनाए ।  यस्तै पथुम निसांकाले ४० बलमा ६ चौकासहित ४१ रन बनाए  ।

समूह ए बाट भारत र पाकिस्तान तथा बी बाट श्रीलंका र बंगलादेश सुपर फोरमा पुगिसकेका छन् । सुपर फोरको पहिलो खेलमा बुधबार बंगलादेश र पाकिस्तानले खेल्दैछन् ।

Comments

Back to top