खाद्यान्न सम्झौता वार्ताका लागि रुस तयार

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले खाद्यान्न सम्झौता वार्ताका लागि रुस तयार रहेको बताएका छन् । टर्कीएका आफ्ना समकक्षी रिसेप तैयप एर्दोगानलाई सोचीमा भेटपछि उनका साथ टेलिभिजन टिप्पणीमा उनले वार्ताका निम्ति आफू खुला रहेको बताएका छन्। 

युक्रेनको प्रमुख अन्न निर्यात बन्दरगाहमा आक्रमण गरेको केही घण्टापछि ऐतिहासिक ‘ब्ल्याक सी’ अन्न निर्यात सम्झौता पुन:स्थापना वार्ता गर्न रुस खुला रहेको राष्ट्रपति पुटिनले बताउनु सकारात्मक भएको टर्कीएका राष्ट्रपतिले बताएका छन् । उनले खाद्यान्न आपूर्ति पुन: सञ्चालन गर्न आफूसँग नयाँ प्रस्ताव रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घसँगको परामर्शमा उक्त प्रस्ताव तयार पारिएको उनले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घ र टर्कीको मध्यस्थतामा भएको खाद्यान्न निर्यात सम्झौताको म्याद स्वत: समाप्त भएको रुसले एकतर्फी गत महिना घोषणा गरेपछि त्यसलाई विश्वव्यापी खाद्य सुरक्षालाई कमजोर पार्ने प्रयास भन्दै अन्तरराष्ट्रिय जगत्ले रुसको निन्दा गरेको थियो । रुसी राष्ट्रपतिले आफ्नो देशका कृषि उत्पादनमाथि लगाइएका सम्पूर्ण प्रतिबन्ध हटाउनुपर्ने माग गरेका छन् । 

Comments

Back to top