कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालको कारोबारमा उल्लेख्य वृद्धि

नेपालमा कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल र यसको भगिनी कम्पनी बोटलर्स नेपाल (तराई) को कारोबारमा उल्लेख्य वृद्धि देखिएको छ।

बोटलर्स नेपालले सन् २०२१/२२ मा १२ अर्ब ५२ करोड रुपैयाँको व्यापार गरेको छ। बोटलर्स नेपालको व्यापार एकैवर्ष ४ अर्ब २३ करोड रुपैयाँले बढेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ। २०२०/२१ मा कम्पनीले ८ अर्ब २९ करोड रुपैयाँको व्यापार गरेको थियो। २०१९/२० मा ६ अर्ब ९९ करोड र २०१८/१९ मा ९ अर्ब ६८ करोड रुपैयाँको कारोबार बोटलर्स नेपालले गरेको थियो।

त्यसैगरी, बोटलर्स नेपाल (तराई) ले २०२१/२२ मा ९ अर्ब १९ करोड रुपैयाँको कारोबार गरेको छ। यो अघिल्लो वर्षको तुलनामा २ अर्ब ९८ करोड रुपैयाँ बढी हो। अघिल्लो वर्ष २०२०/२१ मा कम्पनीले ६ अर्ब २१ करोड रुपैयाँको कारोबार गरेको थियो। २०१९/२० मा ४ अर्ब ८४ करोड र २०१८/१९ मा ५ अर्ब ८१ करोड रुपैयाँको व्यापार कम्पनीले गरेको थियो।

कोका-कोलाका उत्पादनको बिक्री बढ्दा दुवै कम्पनीको व्यापार उल्लेख्य बढेको हो।

Comments

Back to top