कामना सेवा विकास बैंकद्वारा ग्राहकहरूको कर्जाको लागि नयाँ ब्याजदर १२.१२ सार्वजनिक

कामना सेवा विकास बैंक लि.ले ग्राहकहरूको कर्जाको लागि नयाँ ब्याजदर १२.१२ प्रतिशत सार्वजनिक गरेको छ ।

बैंकले आवासीय घर निर्माणको लागि आवास कर्जा, साना तथा मझौला व्यवसाय अन्तर्गत सरल व्यापार कर्जा र विद्युतीय सवारी साधन खरिद गर्दा बैंकले १२.१२ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।

बैंकका अनुसार आवासीय घर निर्माणको लागि कर्जा लिँदा अधिकतम ३० वर्षको लागि डेढ करोड सीमा भित्र रहने गरी धितो मूल्याङ्कित रकमको ६० प्रतिशत सम्म कर्जा लिन पाइने व्यवस्था राखिएको छ भने सरल व्यापार कर्जामा धितो मूल्याङ्कित रकमको ८० प्रतिशत सम्म मासिक व्याज मात्र तिर्ने वा मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी कर्जा उपलब्ध हुने बैंकले जनाएको छ । 

त्यस्तै गरि विद्युतीय सवारी साधन खरिदमा खरिद मुल्यको ८० प्रतिशत सम्म कर्जा उपलव्ध हुने बैंक का नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले वताए । नायव प्रमुख कार्यकारी अधिकृत दाहालका अनुसार बैंकले प्रवाह गर्ने यस्ता कर्जाहरु सम्पुर्ण कागजात पेश गरेको ३ दिनभित्रै स्वीकृत गरिसक्ने छ ।

कम ब्याजदरमा यो कर्जा सुविधा उपलब्ध गराई आफ्नो ग्राहकहरूलाई सशक्त बनाउने बैंकको लक्ष्य रहेको छ । 

 

Comments

Back to top