अमेरिकी प्रविधिबाट उत्पादित ट्रु–मीका हेयर र स्किन केयर प्रोडक्ट्स नेपाली बजारमा
अमेरिकी प्रविधिबाट उत्पादित ट्रु–मी (True-Me) का व्यावसायिक उत्पादन नेपाली बजारमा आधिकारिक रुपमा बिक्री वितरण प्रारम्भ भएको छ । काठमाडौंमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रमका बीच अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ‘ट्रु–मी’का विभिन्न उत्पादन सार्वजनिक गरेका हुन् ।
नेपालका लागि आधिकारिक बिक्रेता ट्रु ड्रमा एसए प्रालिले ती उत्पादनहरू मंगलबारदेखि नै देशभर नै बिक्री वितरण प्रारम्भ गरेको जनाएको छ । ट्रु ड्रमाका विभिन्न उत्पादनहरू बिक्री गर्दै आएको कम्पनीले नै ‘ट्रु–मी’का उत्पादन समेत बिक्री वितरण सुरु गरेको हो ।
कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ‘ट्रु–मी’का का उत्पादनलाई बितेको तीन महिनादेखि नेपाली बजारमा परीक्षण स्वरूप बिक्री सुरू गरेको बताए । बजारमा सकारात्मक प्रतिक्रिया पाएकाले आफूहरू बजार विस्तारका लागि थप उत्साहित भएको उनले बताए । अमेरिकी प्रविधिबाट उत्पादित हेयरकेयर र स्किन केयर सामग्री भएकै कारण उपभोक्ताको प्रतिक्रिया अपेक्षाकृतरूपमा सकारात्मक पाएको उनको दाबी छ ।
ट्रु–मी ब्रान्डका हेयर–केयर र स्कीन केयरका सामग्रीहरु सबै प्रकारका कपाल तथा छालाका लागि उपयुक्त र प्रभावकारी रहेको कम्पनीको भनाइ छ ।
Comments