साउन १ देखि इन्धनमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याइँदै

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ।

प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेको स्वचालित मूल्य पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो ।

सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागू गर्ने उल्लेख गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन। निगमले २०७१ सालदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गरे पनि कार्यान्वयनमा आएको स्वचालित मूल्य कार्यान्वयनमा आउन सकेको थिए ।

साउन महिनादेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने निगमले जनाएको छ । स्वचालित मूल्य भनेको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासमा समेत स्वचालित मूल्य लागू गरिने निगमले जनाएको छ ।

 

Comments

Back to top