अलैँचीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च!
स्वदेशी वस्तुको कुल निर्यात घटिरहेका बेला अलैँचीको निर्यात ६९ प्रतिशतले बढेको छ ।
अलैँची निर्यात ६९ प्रतिशतले बढेर सात अर्ब ७० करोड २१ लाख ८६ हजार रुपियाँ बराबरको ९३ लाख ८६ हजार ५६९ केजी निर्यात चालु आर्थिक वर्षको ११ महिनामा (साउन–जेठ) सम्म भएको छ ।
नेपालमा उत्पादित वस्तुमध्ये सर्वाधिक निर्यात हुने वस्तुमा एक हो अलैँची । जसलाई कालो सुनको उपनामले समेत चिनिन्छ । वैदेशिक व्यापार घाटा कम गर्न योगदान पु-याउने अलैँची नेपालका ४३ भन्दा बढी जिल्लामा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ ।
नेपालबाट भारततर्फ गएको अलैँचीलाई भारतले प्याकेजिङ गरेर आफ्नो ब्रान्ड बनाएर अन्य देशमा निर्यात हुने गरेको पाइएको छ । नेपालले नै अन्तर्राष्ट्रिय रूपमा अलैँचीको बजारीकरण गर्दै आफ्नो उत्पादनको उच्च मूल्य पाउने अवस्था सिर्जना गर्नेतर्फ पहल हुनुपर्ने विज्ञहरूले औँल्याएका छन् । अलैँची औषधी र मसलाका रूपमा प्रयोग गर्ने गरिन्छ । अलैँची मसलाका रूपमा प्रयोग गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गए पनि खेती गर्ने क्षेत्रफल भने घट्दै गएको छ ।
नेपालका ४२ भन्दा बढी जिल्लामा अलैँची खेती हुने गर्छ । ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, खोटाङ जिल्लामा धेरै अलैँची खेती हुने गरेको छ ।
Comments