नेपालमा नयाँ मास्टर डिजाइन भएको रियलमी ११ प्रो सिरिज ५ जी लन्च हुँदै

रियलमीले बह–ुप्रतिक्षित ११ प्रो सिरिज ५ जी नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएको छ । रियलमी ११ प्रो सिरिज ५जी यस वर्षको उत्कृष्ट फ्ल्यागशिप क्यामरा फोन भएकाे र फोटोग्राफीमा रुची राख्नेहरुको लागि एउटा नयाँँ स्तर हुने कम्पनीले जनाएकाे छ ।

प्रसिद्ध ब्रान्ड गुच्चीका पुर्व प्रिन्ट र टेक्सटाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा रियलमी ११ प्रो ५जीको डिजाइन गरिएको हो ।

लिची लेदर ब्याक र लेसले वरिपरी घेरिएको यसको क्यामरा रहेकाे छ । यसका डिजाइनर म्याट्टिओ मेनोट्टो गुच्चीका उत्कृष्ट प्रिन्टहरुको लागि चिनिन्छन् ।

१०० एमपिको क्यामरा, लक्जरियस डिजाइन, ५०० एमएएच ब्याट्री र १०० वाट सुपरभोक चार्जरको साथ रियलमी ११ प्रो ५जी एक अलराउन्डरको रूपमा आएको छ। २०,००० लेभलको अटोमेटेड ब्राइटनेस एडजस्टमेण्ट भएको यो फोनमा १२० हर्जको कभ्र्ड भिजन डिस्प्ले पनि रहेको छ । त्यस्तै यसमा भएको २१६० हर्जको डिमिङ फ्रिक्वेन्सी यो सेग्मेन्टको सबैभन्दा उच्च डिमिङ फ्रिक्वेन्सी हो ।

रियलमी ११ प्रो ५जीको प्रिमियम डिस्प्ले सेटअप रियलमी ११ प्रो+ ५जीको जस्तै छ । यसको १२० हर्जको कभ्र्ड भिजन डिस्प्लेमा विश्वकै पहिलो २१६० हर्जको पल्स विड्थ मोड्युलेसन डिमिङ रहेको छ । साथै यसमा २०,००० लेभलको अटोम्याटिक ब्राईट्नेस एडजस्ट्मेण्ट, सनलाइट स्क्रिन र टियुभि रेनल्यान्ड जस्ता फिचरहरु रहेका छन् । 

दमदार प्रदर्शन, कम पावर खपत, र पर्याप्त स्टोरेजले रियलमी ११ प्रो ५ जीलाई एक वास्तविक फ्ल्यागशिप स्मार्टफोन बनाएको कम्पनीले बताएकाे छ । यसमा डाइमेन्सिटी ७०५० ५जी प्रोसेसर, १२ जीबी र्याम, र २५६ जीबीको इन्टर्नल स्टोरेज रहेको छ । ६७ वाट् सुपरभोक चार्ज, ५००० एमएएच ब्याट्री, रियलमी युआई ४.०, र डल्बी पानोरामा डुअल स्पिकरहरू रहेका छन् ।

रियलमी ११ प्रो ५ जी सनराइज बेज, ओएसिस ग्रीन, र एस्ट्रल ब्ल्याक जस्ता आकर्षक तीन रंगहरूमा उपलब्ध छ । १०० एमपी डिरेक्ट आउटपुट, २ एक्स् लसलेस जुम, अटो–जुम मोड, सुपर नाइटस्केप मोड, र स्ट्रीट फोटोग्राफी मोड ४.० जस्ता फिचरहरु पनि रियलमी ११ प्रो मा रहेका छन् ।

Comments

Back to top