अब चाँडै चीनमा विद्युतीय सवारीको मार्केट सिफ्ट हुँदै !
चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले नेपाली बजारमा विद्युतीय कारको विक्री सुरू गरेको करिब २ वर्षको हाराहारी भएको छ । चिनियाँ स्टार्टअप कम्पनी होजोन अटोले उत्पादन गरेको नेटा भी क्रसओभर कार नेपाल ल्याएर विक्री गरिरहेको छ।
नेपालमा विद्युतीय गाडीहरूको माग र प्रयोग उच्च बन्दै गएको छ । डिजेल र पेट्रोलको गाडीको भन्दा पाँच प्रतिशत मात्रै अपरेटिङ कस्ट लाग्ने भएकाले पनि यो गाडीप्रतिको आकर्षण बढ्दै गएको हो । मास प्रडक्सनमा गएसँगै विद्युतीय गाडीको मूल्य पनि डिजेल–पेट्रोलकै गाडीसरह (सस्तो) भइसकेको अवस्था छ । नेपालमा पछिल्लो एक वर्षमा विद्युतीय सवारी साधनको माग र प्रयोग धेरै नै बढेको छ ।
अवश्य पनि आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले आश्चर्यजनक नीति ल्याएको छ । सस्तो र सबैको पहुँचयोग्य हुनसक्ने इलेक्ट्रिक भेइकल (ईभी) मा सरकारले भन्सार र अन्तः शुल्क बढाएको छ । १०० किलोवाटसम्मको मोटर भएको कारमा, सार्वजनिक यातायातमा प्रयोग हुने माइक्रोबस र भ्यानहरूमा पनि भन्सार बढाएको छ । महङ्गो र विलासिताको गाडीमाचाहिँ भन्सार घटाएको छ । यो एक हिसाबले अत्यन्तै आश्चर्यजनक नीति हो । यो नीतिले गर्दा हाम्रो कस्टिङमा ठूलो प्रभाव पारेको छ । निर्धारित मूल्यमा तीन लाख रुपैयाँ भन्दा बढीको असर परेको छ ।
अर्को आश्चर्यको कुरा, डिजेल–पेट्रोलका गाडीको भन्सार यो बजेटले बढाएको छैन । विद्युतीय गाडीको जोसँग प्रतिस्पर्धा छ त्यसको भन्सार र अन्तः शुल्क नबढाएर अहिलेको सरकारले विभेदकारी र आश्चर्यजनक नीति लिएको छ । यसले नेपालमा भर्खरै सुरू भएको विद्युतीय सवारी साधनको बजारलाई खुम्च्याउँदै लैजाने र अन्तिममा समाप्त पार्नेसम्मको अवस्था सृजना गर्न सक्छ । सम्भावित जोखिमबारे हामी सचेत बन्नुपर्ने बेला भएको छ ।
ईभी अटोमोबाइल सेक्टरको एउटा मस्ट इभोल्ब्ड टेक्नोलोजी भयो । १०० वर्षमा पहिलो परिवर्तन आउँदैछ । यो रिफाइन टेक्नोलोजी हो । युजरलाई पनि धेरै फाइदा छ । सरकारलाई पनि फाइदा छ । यसलाई हामीले प्रमोट गर्नुपर्छ । चार्जिङ नेटवर्क मोबिलिटीबाट यसलाई सहज गरिनुपर्छ । त्यसतर्फ सरकारको ध्यान गयो भने फ्युल आयातको परनिर्भरतलाई धेरै हदसम्म कम गर्न सकिन्छ ।
Comments