सिट्रोन ई सी थ्रीको प्रि बुकिङ खुला
फ्रेन्च डिएनएको सिट्रोन ई सी थ्री एक अत्याधुनिक विद्युतीय गाडी हो जसले परिवर्तनलाई अँगाल्दै अटोमोटिभ क्षेत्रमा दिगोपनको यात्रा तर्फ अघि बढिरहेको छ । इको–फ्रेन्ड्ली, आधुनिक प्रविधि र आकर्षक मूल्यको साथ ई सी थ्री बजारमा गेम चेन्जरको रूपमा आएको छ ।
२९.२ किलोवाट आवर्स ब्याट्री प्याकद्वारा सञ्चालित ई सी थ्रीले ५७ हर्स्पावर पावर र १४३ एनएमको उच्चतम टर्कका साथ प्रभावशाली प्रदर्शन प्रदान गर्छ । विद्युतीय पावरट्रेनले ई सी थ्रीलाई परम्परागत विद्युतीय गाडीबाट अलग राख्दै द्रुत गति र रमाइलो ड्राइभिङ अनुभव प्रदान गर्दछ । साथै, डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीलाई असर नपर्ने कम्पनिले दाबी गरेको छ ।
मनमोहक र फ्युचरिस्टिक डिजाइन भएको ई सी थ्रीको स्लिक बडी, बोल्ड लाइनहरू र सुन्दर डिटेलहरूले आकर्षक सवारी साधनहरू उत्पादन गर्ने सिट्रोनको प्रतिबद्धतालाई दर्साउँछ । हेर्नमा बहुत आकर्षक डिजाइन हुनुको साथै यसको रेञ्ज पनि राम्रो छ । विद्युतीय गाडी भएकोले ई सी थ्रीले वातावरणिय स्वच्छतामा पनि योगदान पुर्याउँछ ।
आफ्नो कार्बन फुटप्रिन्ट घटाउँदै दिगो भविष्यतर्फ अगाडि बढ्न चाहने जो सुकैको लागि ई सी थ्री एउटा उपयुक्त रोजाई हो ।
अहिले नेपाली बजारमा लाइभ र फिल गरी ई सी थ्रीको २ वटा भेरियन्टहरु उपलब्ध छन् । लाइभ भेरियन्टको मूल्य ३२.९९ लाख र फिल भेरियन्टको मूल्य ३४.९९ लाख रहेको छ जुन भारतमा बनेको विद्युतीय गाडीहरु मध्ये सबैभन्दा कम मूल्य हो ।
यस मूल्य निर्धारण रणनीतिले गुणस्तर, कार्यसम्पादन वा शैलीमा सम्झौता नगरी विद्युतीय गतिशीलतालाई अँगाल्न उपभोक्ताहरूलाई थप सक्षम बनाउँछ । कम मूल्यमा धेरै फिचरहरु सहितको विद्युतीय गाडी खोज्ने पर्यावरण–सचेत उपभोक्ताहरूका लागि सिट्रोन ई सी थ्री एक आकर्षक रोजाई रहेको कम्पनीको दावी छ ।
Comments