हवाइ इन्धनमा १० प्रतिशत पूर्वाधार विकास कर लगाउन माग

हवाइ इन्धनमा १० प्रतिशत पूर्वाधार विकास कर लगाउन माग गरिएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक २०८० माथिको छलफलमा भाग लिँने क्रममा सांसद प्रेम सुवालले हवाइ इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्ने माग बताएका हुन् । 

तर, सार्वजनिक यातायातमा पूर्वाधार विकास कर लगाउन नहुने उनको भनाइ छ । सार्वजनिक यातायातमा गरिब चढ्ने भएकाले पूर्वाधार विकास कर लगाउन नहुने भन्दै उनले भने, ‘हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाइनुपर्छ । सार्वजनिक यातायात भनेको गरिब चढ्ने हो, त्यहाँ पूर्वाधार विकास कर लगाइनु हुँदैन।’

आइतबार प्रतिनिसभाले आर्थिक विधेयक पारित गरेको छ । 
 

Comments

Back to top