विमानस्थनलमा निःशुल्क बस, विदेशबाट आफ्नो माटो टेक्नासाथ ट्याक्सीबाट ठगिने यात्रुलाई सटल सेवामार्फत ठूलो राहत !
नेपालमा सर्वत्र गुनासो व्याप्त छ । तर अनौपचारिक ढंगमा शुरु भएका यस्ता सेवा छन, जसले नागरिकको मन जित्ने काम गरेको छ । यसैमध्ये एक हो– विमानस्थलको सटल बस सेवा ।
विदेशबाट आफ्नो माटो टेक्नासाथ ट्याक्सीबाट ठगिने यात्रुले सटल सेवामार्फत ठूलो राहत महसूस गरेको बताएका छन् ।
अत्याधुनिक सेवाका ती बसले हवाई यात्रुलाई सिनामंगलमा रहेको विमानस्थलको गेटसम्म निशुल्क छोड्दिन्छन् । हेर्दा सामान्य लागे पनि विमानस्थलबाट ट्याक्सीका नाममा ठगिने भुक्तभोगीहरुलाई भने ठूलो मुक्ति मिलेको छ । त्यसो त विदेशबाट आउने आफूसंग भएको लगेज र ब्यागेजका कारण पनि ट्याक्सी सेवा लिन बाध्य हुने गरेका छन् ।
आन्तरिकदेखि बाह्य उडानका यात्रुले यो सेवा उपभोग गरिरहेका छन् । माइक्रोबसबाट शुरु सेवा अहिले आधुनिक बसमा विस्तार भएको छ । विदेशबाट आएका यात्रु जो काठमाडौं अवतरण हुनासाथ आन्तरिक उडानबाट गन्तब्यतर्फ जान चाहन्छन, उनीहरुका लागि यो सेवा वरदान भएको छ । विमानस्थलका कर्मचारी वा प्रहरीसँग समन्वय गरी यात्रुले यो सेवा निशुल्क पाउने गरेका छन् । ट्याक्सी प्रयोग गर्दा यति छोटो दूरीमा ५ सय देखि ३ हजार सम्म तिर्नुपर्ने बाध्यता थियो । तर यो बस सेवाले त्यसको अन्त्य गरेको सर्वसाधारणको भनाई छ ।
कतिपय यात्रुलाई भने अन्तर्राष्ट्रिय विमानस्थलदेखि आन्तरिक अनि आन्तरिक देखि विमानस्थलको मुख्य प्रवेशद्धारसम्म बस सेवा निशुल्क गरिएको ज्ञान समेत थिएन । तर यो सेवा थाहा पाएपछि उनीहरु निकै खुशी भएका छन् ।
एक त नेपालमा भ्रमणमा आएका विदेशी हुन् वा आफनै देशका नागरिक बिदेशबाट आएका हुन् , उनीहरुले विमानस्थलमा पाइला टेक्ने बितिकै बिमानस्थलमा ट्याक्सी चालकहरुले मनपरी भाडा असुल्ने मात्र नभई तानातान गर्दा बेहोर्नु परेको सास्ती त यथावत छ तर यसले दिएको राहतप्रति यात्रु दंग छन् । सयौं संख्याको यात्रु चापलाई दुईवटा गाडीले धान्न नसक्ने भएकाले बसको संख्या बढाउन आवश्यक छ ।
Comments