गलैंचा उद्योगीलाई दिँदै आएको सुविधा कटौती गरेपछि उद्योगी असन्तुष्ट

गलैंचा उद्योगीलाई दिँदै आएको सुविधा सरकारले 

कटौती गरेपछि उद्योगी असन्तुष्ट बनेका छन्। सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेटमा प्रमुख निर्यातजन्य वस्तुको रूपमा रहेको गलैंचा उद्योगले पाउँदै आएको दुई प्रकारको सुविधा खारेज गरेपछि असन्तुष्टि जनाएका हुन्।

सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकरमा दिँदै आएको छुट सुविधा हटाएको छ। उच्च मूल्य अभिवृद्धि र स्वदेशी जनशक्ति प्रयोग हुने भएकाले राज्यले संरक्षण दिनुपर्नेमा सुविधा कटौती गरेर लगत गरेको उद्योगीको आरोप छ।

२ लाखभन्दा बढी श्रमिक आवद्ध भएको गलैंचा उद्योग नै संकटमा पर्ने गरी सरकारले सुविधा कटौती गरेको नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष तेन्जिङ शेर्पाले बताए।

२०५४ सालमा मूल्य अभिवृद्धि कर लागु भएदेखि नै यस उद्योगले भ्याट छुट प्राप्त गर्दै आएको थियो। आगामी आवको बजेटमार्फत् मूल्य अभिवृद्धि कर ऐन २०५२ संशोधन गर्दै सरकारले यो उद्योगलाई उक्त सूचीबाट हटाएको छ। योसँगै बजेट घोषणाकै दिनदेखि तयारी गलैंचामा १३ प्रतिशत कर कार्यान्वयन सुरु भएको छ।

Comments

Back to top