१५० वर्षदेखि राज गरिरहेको भ्यासलिन कसरी बन्यो विश्व प्रसिद्ध?

भ्यासलिन विगत १५० वर्षभन्दा अगाडिदेखि स्किन केयर प्रडक्टको रूपमा निरन्तर माग भइरहेको उत्पादन हो। यो ब्राण्ड विश्वका ७० भन्दा बढी देशमा बिक्री भइरहेको छ र करोडौं मानिसले प्रयोग गरिरहेका छन्।

भ्यासलिन छालाको हेरचाहको लागि मात्र होइन, स–साना घाउ निको पार्न पनि प्रयोग गरिन्छ। विश्वमा भ्यासलिनको खोजको श्रेय अमेरिकी रसायनशास्त्री रोबर्ट अगस्टसलाई जान्छ।

२२ वर्षको उमेरमा पेन्सिलभेनियाको यात्राको क्रममा, रोबर्टले जहाजमा काम गर्ने कामदारहरूले तेलको पाइपबाट मैन निकालेर आफ्नो घाउ र चोटहरूमा लगाइरहेको देखे। कामदारसँग कुरा गर्दा त्यसले घाउ निको पार्ने काम गर्ने थाहा पाए। त्यसपछि मात्र उनले त्यो मैनको बारेमा अनुसन्धान गर्न थाले।

यसरी रह्यो भ्यासलिन नाम

अनुसन्धानका क्रममा यो खुलासा भयो कि त्यो मैन एक प्रकारको पेट्रोलियम जेली हो जसले छाला र घाउलाई निको पार्न सक्छ। रोबर्टले सन् १८७२ मा त्यो मैनको नाम भ्यासलिन राखे। यो दुई शब्द मिलेर बनेको छ। वासर र एलोन। वासर एक जर्मन शब्द हो, जसको अर्थ पानी हो र एलोन शब्दको अर्थ जैतूनको तेल अर्थात अलिभ आयल हो। जैतुनको तेल जस्तै, भ्यासलिनले छालालाई मोइस्चराइज गर्न र घाउहरू निको पार्ने काम गथ्र्यो। यसरी यसलाई भ्यासलिन नाम दिइएको हो। यसमा न कुनै रंग थियो न कुनै गन्ध।

शुरुका दिनहरूमा, भ्यासलिन सिसीहरूमा बिक्री गरिन्थ्यो।

बिस्तारै विश्वका अन्य धेरै देशहरुमा भ्यासलिनको प्रयोग बढ्दै गयो। कम्पनीले यससँग सम्बन्धित अन्य उत्पादनहरू बनाउन थाल्यो। सन् १९६८ मा भ्यासलिन लोशन अमेरिकामा लन्च गरियो। यसलाई आफ्टर सन मोइस्चराइजरको रूपमा ब्रान्डिङ्ग गरिएको थियो। यसपछि भ्यासलिनको लिप केयर प्रडक्टहरू बजारमा आए र एकपछि अर्को नयाँ उत्पादनहरू बजारमा ल्याउन थालियो। १९८७ मा, युनिलिभरले रोबर्ट कम्पनी किन्यो।

अमेरिकामा लोकप्रिय भइसकेपछि भ्यासलिन अन्य देशहरुमा बिक्री गर्न थालियो। सन् १९४७ मा कम्पनी भारत पुग्यो तर, प्रारम्भिक चरणमा कम्पनीले भारतभन्दा चीनमा बढी सफलता पायो। भारतमा यसको प्रवर्द्धन र उत्पादनको तरिकामा निरन्तर परिवर्तनसँगै मानिसहरूको झुकाव यसतर्फ बढ्दै गयो। कम्पनीले भारतमा ‘रौनक कि दिब्बिया खुल गई रे’ भन्ने नाराका साथ विज्ञापन गरी आफ्ना उत्पादनको प्रवद्र्धन गरेको थियो। यो मानिसहरू माझ लोकप्रिय भयो र कम्पनीले पनि यसको फाइदा प्राप्त गर्यो। स्किन केयर प्रडक्टको रूपमा यो पहिलो रोजाइ बन्यो। २०२२ मा पनि, भ्यासलिनले भारतीयहरूको आवश्यकता र त्यहाँको मौसमलाई ध्यानमा राखेर बडी सीरम जस्ता धेरै उत्पादनहरू लन्च गर्यो।

Comments

Back to top