कालीमाटीमा लोकल सानो गोलभेडा प्रतिकेजी ५ रुपैयाँ ८० पैसा

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलकाे मूल्य ताेकेकाे छ । समितिका अनुसार ठुलो नेपाली गोलभेडा, लाम्चो भन्टा, तने बोडी, रातो मूला, सेतो आलु, चिचिण्डो, र लोकल घिउ सिमी प्रतिकेजी ३५ रुपैयाँ, लोकल सानो गोलभेडा ५ रुपैयाँ ८० पैसा, टनेल गोलभेडा प्रतिकेजी १० रुपैयाँ रहेको छ।

यस्तै, रातो आलु ४२ रुपैयाँ ५० पैसा, लोकल गाजर १०६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली, मकै बोडी, हाइब्रिड घिउ सिमी, तराई परवर, झिगूनी र स्कूस, प्रतिकेजी ४५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ५० पैसा, डल्लो भन्टा र भिण्डी ५५ रुपैयाँ, मटरकोशा १५० रुपैयाँ रहेको छ । 

यसैगरी, टाटे सिमी १४५ रुपैयाँ, तितो करेला ३२ रुपैयाँ ५० पैसा, भटमासकोशा १४६ रुपैयाँ ६७ पैसा, पालूगो र चमसूरको साग १०५ रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँ तोकिएको छ । 

Comments

Back to top