आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम आइएमई पेबाट तिर्दा हजार रुपैयाँ क्यासब्याक !

आइएमई पेबाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा क्यासब्याक पाइने भएको छ। 

सेवाग्राहीले प्रिमियम रकमको ०.५५ प्रतिशत क्यासब्याक पाउने कम्पनीले जनाएको छ। ग्राहकले एक हजार रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन्।

कम्पनीका अनुसार यो अफर वैशाख १४ देखि साउन ३१गतेसम्म लागु हुनेछ। अफर अन्तर्गत ग्राहकले पोलिसी नम्बरको प्रयोग गरेर प्रिमियम घरैबाट तिर्न सक्नेछन्।

Comments

Back to top