आज मधेस प्रदेशमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

मधेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।

मधेस प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । जसका लागि  दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाईएको छ ।

जसअनुसार मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । 

अर्थमन्त्री संजय कुमार यादवले मधेस प्रदेश सरकारले नमुना १०० आयोजनाहरुको घोषणा गरेर कार्यान्वयनमा ल्याइने जनाई सकेका छन् । उनका अनुसार नीति तथा कार्यक्रममार्फत पुरानो योजनाहरूलाई निरन्तरता दिँदै मुख्यतः शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइनेछ ।

Comments

Back to top