सफल मर्जरपछि आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको शेयर कारोबारको लागि नेप्सेमा सूचीकृत !!

आईएमई जनरल इन्स्योरेन्स लिमिटेड (आईजीआई) र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड (पीआईसीएल) बीच सफल मर्जरपछि बनेको कम्पनि आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको ३०,२९३,३४७ कित्ता नेप्सेमा सूचीकृत भएको छ ।

आईजीआई र पीआईसीएलले २७ माघ २०७९मा एक अर्कासँग मर्जरका लागि १:१को स्वैप अनुपातमा मर्जर सम्झौतामा हस्ताक्षर गरेको थियो। आईजीआईको कुल सूचीबद्ध शेयर १८०३७५०६ कित्ता सेयर रहेको थियो भने पीआईसीएलको १२२५५८४३ एकाइ रहेको थियो। यो मर्जर पछि बनेको कम्पनिको कुल ३०२९३३४७ कित्ता सेयर रहेने छ।

Comments

Back to top