भारत भ्रमण बारेमा प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्री लगायतसँग छलफल गर्दै
भारत भ्रमणमा जानु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामुहिक छलफल गर्ने भएका छन् ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा दुई चरणमा सामुहिक छलफल गर्न लागेका हुन ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार पहिलो चरणमा पूर्व प्रधानमन्त्री, राजनीतिक दलका शिर्ष नेता, पूर्व परराष्ट्र मन्त्रीलगायतसँग चरणमा छलफल गर्नेछन् । जुन छलफल २ बजेबाट सुरु हुनेछ ।
उनका अनुसार दोस्रो चरणमा कुटनीतिक परामर्श गर्नेछन, जुन छलफलमा पूर्व परराष्ट्र मन्त्रीहरु तथ भारतका लागि पूर्व नेपाली राजदुतसँग छलफल हुनेछ । दोस्रो छलफल ३ः३० बजे हुनेछ ।
प्रधानमन्त्री प्रचण्ड तीन दिने भ्रमणका लागि जेठ १७ गते भारत जाँदैछन् ।
Comments