नेप्से इन्ट्राडे अपडेट: १६.८० अंकको गिरावट!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक १६.८० अंकले घटेको छ।

दुई घण्टामा नेप्से १६.८० अङ्कले घटेर २,५८०.०२ मा आएको हो। २९७ कम्पनीको ४,३३१,६२७ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ११ करोड २८ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा ङादी हाइड्रोपावर लिमिटेड र बाराही हाइड्रोपावर पब्लिक लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य ८.८५% ले घटेको छ।

Comments

Back to top