एनसेलले ल्यायो आवश्यकताअनुसार आफैं प्लान बनाइ प्रयोग गर्न मिल्ने योजना

एनसेलका ग्राहकले आफ्नो आवश्यकताअनुसार सेवाको प्लान आफैं बनाइ अझै सुलभ दरमा सेवाहरु प्रयोग गर्न सक्ने योजना ल्याएको छ ।

एनसेलले एनसेल माई प्लान सञ्चालनमा ल्याएको हो । जसमा विशेष प्लानअन्तर्गत ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकताअनुसार आफ्नो प्लान अर्थात बन्डल प्याक आफैं बनाएर सेवा लिन सक्ने जनाइएको छ ।

एनसेल फर बिजनेस सेवाअन्तर्गतको प्लान ग्राहकले एनसेल एपबाट बनाउन सक्नेछन् । माई प्लानमा माई प्लान ५०० र माई प्लान फ्लेक्सी गरी दुई वटा विकल्प रहेका छन् । ग्राहकले अननेट, अफनेट भ्वाइस, एसएमएस र डेटा भोलुम आफैंले तय गरेर आफ्नो प्याक बनाउन सक्छन् ।

कपोर्रेट तथा पोस्टपेड प्रयोगकर्ताले प्लानलाई ३० दिनको समय चक्रमा सुचारु गर्न सक्ने प्लान ५०० करसहित ५०० रुपैयाँमा उपलब्ध रहेको छ ।

योजनामा रहेको फ्लेक्सी प्लानअन्तर्गत ग्राहकले रु. ५०० भन्दा बढी मूल्यको अननेट, अफनेट भ्वाइस, एसएमएस र डेटा सेवाको भोलुम निर्धारण गरी ३० दिनका लागि आफ्नो प्लान बनाउन सक्छन् । साथै प्लानमा पाइने सेवाहरुबाहेक, माई प्लान लिने ग्राहकले २५०० मिनेट अननेट टक टाइम र १००० वटा अननेट एसएमएस सेवा जुन बिहान ६ देखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिने निःशुल्क प्राप्त गर्नेसमेत जनाइएको छ ।

त्यसैगरी एनसेल एपमा ग्राहकले स्क्रिनको माथि दायाँ मेनु बारमा गई त्यहाँ प्रोफाइलमा थिचेर माई प्लान खोली आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकताअनुरुपको आफ्नो प्याक बनाउन सक्छन् ।

Comments

Back to top