एमसीसी पारित भएपछि अमेरिकन सक्रियता बढ्न थालेको झलनाथ खनालको जिकिर
नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले नेपाल प्रति बैदेशिक चासोसहित हस्तक्षेप बढेको बताएका छन् ।
अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भए पछि अमेरिकन सक्रियता र चासो पनि थप बढेको नेता खनालले जनाएका छन् ।
आज बिहान काठमाडौंमा आयोजित ३० औं मदन–आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै एमसीसी पारित भए पछि अमेरिकन नेताहरु तारान्तर नेपाल आउन थालेकाे उनकाे भनाइ छ । ‘एमसीसी पारित भए पछि अमेकिरन नेताहरु तारान्तार नेपाल आउन थालेका छन्, उनीहरु आउने बितिक्कै सुरुमा तिब्बतियनहरुलाई भेट्न पुग्छन् र गृहमन्त्रीलाई भेटेर उनीहरुको परिचय पत्र बनाउन लगाउँछन्,’ उनले भने, ‘यो सब बिषयलाई गम्भिर रुपमा हेर्नुपर्छ, अमेरिकनहरुबाट खुल्लम खुल्ला रुपमा यस्तो बैदेशिक हस्तक्षेप यसअघि कहिल्यै भएको थिएन ।’
पछिल्लो समयमा राष्ट्र र राष्ट्रियतामाथि विदेशी चलखेल थप बढेको उल्लेख गर्दै नेता खनालले देशमा संकट पर्दा मदन भण्डारीलाई स्मरण गर्नुपर्ने अवस्था आएको जनाएका छन् । भण्डारीले बैदशिक हस्तक्षेपका बिरुद्ध डटेर सामना गर्नका लागि सदैव प्रेरणा दिने गरेको पनि खनालले स्मरण गरेका छन् ।
Comments