मुकेश अम्बानीका भाइ अनिल अम्बानीको साम्राज्य कसरी डुब्यो !

धीरुभाई अम्बानीको कम्पनी रिलायन्स विभाजित भयो,अनिल अम्बानीको भागमा रिलायन्स इन्फोकम पर्यो भने मुकेश अम्बानीले पेट्रोकेमिकल्स पाए।

दुवैले बराबर हिस्सा पाए, तर आज एक भाइ एशियाकै धनी उद्योगपति छन् भने अर्का भाइ आफ्नो टाट पल्टिएको कम्पनीको ऋण बोकिरहेका छन्। एक समय थियो जब अनिल अम्बानी विश्वको छैटौं धनी उद्योगपति थिए, तर आज उनी टाट पल्टिएका छन्। बैंकको भारी ऋणको बोझले थिचिएका अनिल अम्बानी करिब ४९ पटक डिफल्टर बनिसकेका छन्।

अनिल अम्बानी र मुकेश अम्बानी बिच ब्यापारको विभाजन भएको थियो। मुकेश अम्बानीले पुरानो पेट्रोकेमिकल्स पाए भने अनिल अम्बानीले नयाँ युगको टेलिकम,फाइनान्स र इनर्जी बिजनेस पाए। अनिल अम्बानीले आफ्नो व्यवसाय सम्हाल्न सकेनन्। उनले रिलायन्सका बहुमूल्य र नयाँ जमानाका कम्पनीहरू पाए तर राम्रो प्रदर्शन गर्न सकेनन्। अनिल अम्बानीले रिलायन्स टेलिकमको बारेमा धेरै महत्वाकांक्षी योजना बनाए, तर योजना उपयुक्त हुन सकेन। उनी दूरसञ्चार, विद्युत र पूर्वाधार क्षेत्रको राजा बन्न चाहन्थे तर आज उनको कम्पनी टाट पल्टिसकेको छ।

अनिल अम्बानीको अवस्था यस्तो भयो कि ऋण तिर्न ऋण लिनु पर्यो। आरकम र एयरसेलको मर्जर असफल भएपछि ऋणको यो पीडा झनै भारी भयो। सन् २०१६ मा आरकम र एयरसेलको मर्जर असफल भएको थियो। विभाजन पछि अनिल अम्बानीले रिलायन्सको नाफा र वृद्धि दिने कम्पनीहरू पाएका थिए। यति हुँदाहुँदै पनि तिनीहरुलाई हुर्काउन न के बचाउन पनि सकेनन्। अम्बानीको पतनको पछाडि उनका गल्तीहरू छन्। अनिल अम्बानी एक व्यवसायबाट अर्को व्यवसायमा कुदिरहेका थिए, तर कार्यान्वयनमा आएको त्रुटिका कारण उनको पैसा ती व्यवसायहरूमा अड्किन थाल्यो।

अनिल अम्बानीका कम्पनीहरू कुनै समय सफलताको शिखरमा पुगेका थिए। सन् २००८ मा अनिल अम्बानीको कम्पनीको बजार मूल्य ४० खर्ब नाघेको थियो। सन् २०१९ मा यो मूल्य घटेर २३ अर्ब ९१ करोडमा सीमित भयो। अनिल अम्बानी बैंकको ऋणको बोझले दबिएका थिए। १० वर्षअघिसम्म विश्वकै धनी उद्योगपति रहेका अनिल अम्बानी अहिले कंगाल बन्न लागिसकेका छन्। रिलायन्स कम्युनिकेसन्स अर्थात आरकमले आफूलाई टाट पल्टिएको घोषित गरेको छ।

सन् २००८ मा अनिल अम्बानी ४५ अर्ब डलरको साथ विश्वको छैटौं धनी उद्योगपति थिए भने २०१९ सम्ममा फोर्ब्सका अनुसार भारतका धनी व्यक्तिहरुको सूचीको ७० औँ स्थानबाट पनि बाहिरिसकेका थिए। विश्वका अर्बपतिको सूचीमा उनी १३४९ नम्बरमा थिए जब अनिल अम्बानीसँग १.७ बिलियन डलर सम्पत्ती बाँकी थियो। अनिल अम्बानीले आफ्नो गल्तीका कारण सबै गुमाए। त्यतिबेला मुकेश अम्बानीसँग ५० अर्ब डलर थियो। मुकेश अम्बानी आज विश्वका शीर्ष १० धनी व्यक्तिहरुको सूचीमा पर्छन्। मुकेश अम्बानीसँग ८५ अर्ब डलरभन्दा बढीको सम्पत्ति छ भने उनका भाइ अनिल अम्बानी आज तात पल्टिएका छन्।

Comments

Back to top