रुसका तेल भण्डारमा युक्रेनको आक्रामण, १० ठुला तेल भण्डार ध्वस्त पारेको युक्रेनको दाबी

युद्धरत रुस र युक्रेनका बिचमा थप तनाव बढेको छ । 

रूसको राष्ट्रपति भवनमा ड्रोन आक्रमणको प्रयास भएको केही समयमा नै युक्रेनले रुसका तेल भण्डारहरुसमेत आक्रमण गरे पछि तनाब बढदै गएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युक्रेनले रुसका तेल भण्डारहरुमा ड्रोन (क्षेप्यास्त्र) आक्रमण गरेर केही भण्डारण क्षेत्रलाई ध्वस्त बनाएको र यसरी गरिएको आक्रामण पछि रुसी तेल भण्डार तथा गोदाम क्षेत्रबाट धुवाँको ठूला ठुला मुश्लो उठेको थियो ।

युक्रेनको गुप्तचर संस्थाका प्रवक्ता एन्ड्री युसोभले  आफनो राजधानी कीभलगायका क्षेत्रमा आक्रमण गरेर युक्रेनी नागरिकको निहत्था हत्या गरेको बदला लिनका लागि जवाफमा रुसका तेल भण्डारहरुमा आक्रमण गरी ध्वस्त बनाईएको बताए ।

उनका अनुसार ४० हजार टन तेल भरिएका  १० वटा ठूला तेल भण्डार माथी आक्रामण गरी ध्वस्त बनाईएको छ ।
 

Comments

Back to top