तारागाउँ रिजेन्सी होटल्सको साधारणबाट ६ जना सञ्चालक नियुक्त

वैशाख १० सम्पन्न भएको २६ औं वार्षिक साधारणबाट तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले नियमावलीको व्यवस्था बमोजिम विभिन्न समूहबाट सञ्चालक नियुक्त गरेको छ । 

सञ्चालक नियुक्त सम्बन्धी जारी गरेको सूचना अनुसार कम्पनीले संस्थापक लगानीकर्ता समूह “क” तारागाउँ विकास समितिको तर्फबाट सुरेश राज जोशी, संस्थापक लगानीकर्ता समूह “ख” बाट अरुण कुमार सराफ, सुरेश लाल श्रेष्ठ र देवेश सराफ र कम्पनी ऐन, २०६३ को दफा ८६ (३) तथा कम्पनीको नियमावलीको व्यवस्था बमोजिम स्वतन्त्र सञ्चालकमा श्रीवत्स शमशेर जबरा र मनोजप्रसाद राजभण्डारीलाई सञ्चालकमा नियुक्त गरेको हो । 
 

Comments

Back to top