होटेल सेक्टरको बुलिश मुमेण्टम घट्दै

केहि समय एता बजारमा बियरिश सेन्टिमेन्ट नै हाबी रही रहदा पनि लगानीकर्ताले धेरै रुचाएको र लगानीकर्तालाई पनि राम्रो प्रतिफल दिन सफल सेक्टर होटेल एण्ड टुरिजम हो।  कोभिडका करण पुरै नेप्से बुलिश रहदा पनि कन्सोलिडेसनमै रहेको होटेल एण्ड टुरिजम हाल पर्यटकको वृद्धि सहित सूचकमा पनि राम्रो वृद्धि गर्न सफल रहेको थियो।  

यद्यपि अहिले भने होटेल सेक्टरको रौनक घट्दो क्रममा रहेको देखिन्छ।  बजारमा सूचकले हाइयर हाइ बाउदा मुमेण्टम इण्डिकेटर आरएसआइले हाइयर लो बनाएको छ।  एमएसीडीका पोजिटिभ हिस्टोग्रामहरु पनि घट्दो क्रममा देखिन थालेका छन्।  बोलिंगेर ब्याण्डको आपर लाइनलाई छोडेको यो सेक्टरमा हाल डिस्ट्रिब्युसन चलिरहेको जानकारहरु बताउछन।  त्यसैले नंया लगानी गर्न चाहनेहरुले केहि समय कुरेर सूचक करिब करिब ३०००को बिन्दुमा आएपछि लगानी गर्नु उचित देखिन्छ।  

Comments

Back to top