बोटलर्स नेपाल (तराई) लिमिटेडले शेयरधनीहरुलाई बक्यौता लाभांश दाबी गर्न आग्रह गरेको छ
बोटलर्स नेपाल (तराई) लिमिटेड (बीएनटी) ले लाभांश भुक्तानी गर्न बाँकी रहेका शेयरधनीहरुका लागि सूचना प्रकाशित गरेको छ। लाभांश वितरण भएको ५ वर्ष बितिसक्दा पनि कतिपय शेयरधनीले कम्पनीबाट लाभांश लिन सकेका छैनन् । लाभांश दाबी नगरेका लगानीकर्ताले बक्यौता लाभांश प्राप्त गर्न आवश्यक कागजातको प्रतिसहित कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौं समक्ष आफ्नो शेयर प्रमाणपत्र र पहिचानको प्रमाण पेश गर्नुपर्नेछ ।
अन्यथा, कम्पनी ऐन, २०६३ को दफा १८२ (९) बमोजिम असुल नगरिएको लाभांश "लगानी संरक्षण कोष" मा जम्मा गरिनेछ।
Comments