नेकपा एस महाधिवेसनको तयारीमा जुटेको झलनाथ खनालको भनाई
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी महाधिवेसनको तयारीमा लागेको बताएका छन् ।
जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेकपा एसका नेता खनालले त्यसकारण कुनै पार्टीसँग तत्काल एकता हुन नसक्नेसमेत जनाएका छन् ।
‘हामी महाधिवेसन गर्ने दिशामा अघि बढदैछौं, अहिले कुनै पार्टीसँग एकीकरण गर्ने कुनै सम्भावना नै छैन्,’ खनालले सञ्चारकर्मीसँग भने, ‘तर, साझा सवालमा मिलेर जान हाम्रो पार्टी तयार छ ।’
पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आठौं पटक विस्तार हुदाँ पनि पूर्णता पाउन नसकेकोमा चिन्ता ब्यक्त गरे ।
‘अब नवौं पटकमा पूर्णता पाउला भन्ने अपेक्षा गरौं’ उनले भने ।
Comments