एलन मस्कले विश्वमा मानव सभ्यताको अन्त्य हुने दिए चेतावनी

ट्विटरका सीईओ एलन मस्कले विश्वमा मानव सभ्यताको अन्त्य हुने चेतावनी दिएका छन्। 

मस्कले यसलाई जुलियस सिजरको शासनको अन्तिम दिनसँग तुलना गरे। मस्कले सम्राट सिजरको हत्यापछि रोमन साम्राज्यको पतन सुरु भएको बताएका छन्। ‘आधुनिक समयमा पनि यस्तै डर छ’, उनले भनेका छन्।

ट्विटको जबाफ दिँदै मस्कले घट्दो जनसंख्याका कारण विश्व ध्वस्त हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। मस्कले लेखेका छन्, ‘कम जन्मदरको प्रशंसा गरिएको छ। तर, सभ्यताको पतनका कारण यी हुन्। सिजरको शासनकालमा पनि रोममा जन्मदर एउटा मुद्दा थियो।’

मस्कले विगतमा पनि जनसंख्या घट्नु चिन्ताको विषय रहेको बताएका थिए। यसबारे उनले गत महिना पनि चेतावनी दिएका थिए।

मस्कले थोरै बच्चाहरु वातावरणका लागि राम्रो हुन्छन् भन्ने धारणालाई गलत रहेको बताएका छन्। टेक एक्स्पोमा बोल्दै उनले भने, ‘एआईसँग राम्रो भविष्य छ भन्ने विश्वास गरिन्छ, तर २० वर्षमा जनसंख्या घट्नु सबैभन्दा ठूलो समस्या हुनेछ।’

मस्कले भने, ‘केही मानिसहरु थोरै बच्चाहरु वातावरणका लागि राम्रो हुन्छ भन्ने विश्वास गर्छन्। यो सरासर बकवास हो। जनसंख्या दोब्बर भए पनि वातावरण राम्रो हुन्छ।’ 

Comments

Back to top