मन्त्रिपरिषद्लाई पूर्णता दिन कांग्रेसलाई बाँकी रहेका मन्त्रीहरूको नाम दिन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई बाँकी रहेका मन्त्रीहरूको नाम दिन आग्रह गरेका छन् ।

बालुवाटारमा शनिबार सत्ता गठबन्धनका ३ शीर्ष नेताहरूबीच भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसका भागमा परेका ४ मन्त्रीको नाम दिन सभापति शेरबहादुर देउवासँग आग्रह गरेका हुन् । 

कांग्रेसको भागमा परेका ८ मध्ये ४ वटा मन्त्रालयमा मन्त्रीको नाम पठाउन सकेको छैन ।

कांग्रेसभित्रको आन्तरिक किचलोले गर्दा सभापति देउवालाई मन्त्रीको नाम पठाउन ढिलाई भएको हो ।

कांग्रेसले स्वास्थ्य, परराष्ट्र, न्याय र खेलकुद मन्त्रालयमा मन्त्री पठाउन बाँकी छ ।

कांग्रेसले नाम दिए आइतबारसम्म मन्त्रिपरिषद् पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ । 

प्रधानमन्त्रीको काँधमा अहिले पनि ६ वटा मन्त्रालय छन् । त्यसमध्ये ४ मन्त्रालय कांग्रेस, एक जसपा र एक प्रभु साह वा अमरेशकुमार सिंहमध्येबाट मन्त्री बनाउने उनको तयारी छ । 

Comments

Back to top