भारतमा रुसी तेल आयात अहिलेसम्मकै उच्च, इराकको भन्दा दोब्बर

भारतले पछिल्लो समय यसअघि कहिले नदेखिएको स्तरमा रुसी तेल आयात गरिरहेको छ । मार्चमा भारतले रुसबाट दैनिक १६ लाख ४० हजार तेल ल्यायो । यो अहिलेसम्मकै उच्च हो । भारतको परम्परागत तेल आपूर्तिकर्ता देश इराकको तुलनामा रुससँग दोब्बर तेल किनिरहेको छ । तर, आर्थिक वृद्धिदर सुस्ताएपछि आयात वृद्धि भने अघिल्ला महीनाको जति छैन । 

भारतको लागि रुस कच्चा तेलको सबैभन्दा ठूलो एकल आपूर्तिकर्ता बन्ने क्रम जारी छ । भारतले Cride Oil ल्याएर देशमै प्रशोधन गरेर पेट्रोल, डिजेल लगायत इन्धनहरू निकाल्ने गरेको छ । ६ महीनादेखि रुसले भारतको एक तिहाइभन्दा धेरै कच्चा तेल उपलब्ध गराइरहेको energy cargo tracker Vortexa को तथ्यांकले देखाएको छ । 

विश्व बजारमा उपलब्ध अन्य कच्चा तेलको तुलनामा रुसले भारी छूटमा घरेलु बेञ्चमार्क बेचिरहेकोले पनि भारतले अहिले धेरैभन्दा धेरै रुसी तेल आयात गरिरहेको छ । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गर्नुअघि भारतले आयात गर्ने कूल कच्चा तेलमा रुसी तेलको अनुपात १ प्रतिशत पनि थियो । यो वर्षको मार्चमा दैनिक तेल आयात १६ लाख ४० हजार छ । यो भनेको कुल आयातको ३४ प्रतिशत हाराहारी हो । रुससँग किनेको तेल इराकको भन्दा दोब्बर हो । सो अवधिमा भारतले इराकसँग दैनिक ८ लाख २० ब्यारेल कच्चा तेल किनेको छ ।

इराक सन् २०१७/१८ यता भारतको शीर्ष तेल आपूर्तिकर्ताको रूपमा रहँदै आएको छ । भारत चीन र अमेरिकापछि कच्चा तेलको विश्वको तेस्रो ठूलो तेल आयातकर्ता हो । युक्रेनमाथिको आक्रमणको बदलामा पश्चिमी देशहरूले रुसको तेल अर्थतन्त्रलाई ध्वस्त पार्न रुसी तेलको खरीद घटाएपछि उब्रिएको तेल रुसले भारी छूटमा बेचिरहेको छ । फेब्रुअरीमा पनि भारतले रुससँग दैनिक १६ लाख २० हजार ब्यारेल तेल किनेको थियो । 

भोर्तेक्साका अनुसार भारतको दोस्रो ठूलो कच्चा तेल आपूर्तिकर्ता साउदी अरबसँग भारतले दैनिक ९ लाख ८६ हजार २८८ ब्यारेल तेल किनेको छ । तेस्रो ठूलो आपूर्तिकर्ता इराकले भने भारतलाई दैनिक ८ लाख २१ ह्जार ९२५ ब्यारेल तेल बेचेको छ । अमेरिकालाई उछिनेर यूएई चौथो ठूलो आपूर्तिकर्ता बनेको छ । यूएईले भारतलाई समीक्षा अवधिमा दैनिक ३ लाख १३ हजार ब्यारेल कच्चा तेल उपलब्ध गराएको छ । अमेरिकाले भने १ लाख ३६ हजारभन्दा बढी तेल बेचेको छ । 

Comments

Back to top