दुई दिनभित्रमा पूर्ण रूपमा सरकार विस्तार हुने प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दिनभित्र सरकारले पूर्णता पाउने दाबी गरेका छन् ।
सरकार गठन भएको एक सय दिन पूरा भइसक्दा पनि पूर्णता नपाएको भन्दै प्रधानमन्त्री प्रचण्डसहित सत्तारुढ गठन्धनको आलोचना भइरहेका बेला सो दाबी गरिएको हो ।
सातौँपटक पुनर्गठन हुँदा पनि सरकारले पूर्णता नपाएपछि आलोचित बनेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बुधबार दुई दिनभित्र सरकारले पूर्णता पाउने दाबी गरेका हुन् ।
माओवादी केन्द्र केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको दुई दिनभित्रमा पूर्ण रूपमा सरकार विस्तार हुने जानकारी दिएका हुन् ।
Comments