युरोपेली बजार उकालो लाग्दा बिट्क्वाइनको बढोत्तरीमा भने लाग्यो ब्रेक!

विश्व सेयर बजारसँगै गत साता युरोपका सबैजसो बजार पनि बढेर बन्द भएका छन्।

जर्मनको ड्याक्स १०६ अंकले बढेको छ। विश्व बजारमा नै लन्डनको फुट्सीमा ११.३१ अंकले बढोत्तरी आएर बन्द भएको छ भने फ्रान्सको क्याकमा ५९ अंकले बढेर बन्द भएको छ। इटालीको फुट्सी मिब पनि करिब ९३ अंकले बढेर बन्द भएको छ। 

बैंकिङ क्षेत्रमा खराब समाचार आए पनि समग्र युरोपेली बजारमा भने गत साता ७ प्रतिशतले बढेर बन्द भएको छ। त्यसैगरी अमेरिकी बजारमा डाउ जोन, नास्डक, युस ३०, एसएन्डपी ५०० तथा डलर इन्डेक्समा पनि बढोत्तरी आएको छ। 

विश्व बजारमा नै डलरको मूल्यमा बढोत्तरी आएको छ भने कच्चा तेलमा केही करेक्सन आएको छ। केही समयदेखि बढोत्तरीमा रहेको बिटक्वाइनमा भने करिव २८००० विन्दुमा प्रतिरोध सामना गरेको छ। हाल बिट्क्वाइनको मूल्य २८३७० डलरमा अन्तिम करोबार भएको छ।

–एजेन्सी

Comments

Back to top