शपथ लिए नवनियुक्त मन्त्रीहरूले
नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार अपरान्ह विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
कांग्रेसका पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षा, डा. प्रकाशसरण महत अर्थ, रमेश रिजाल उद्योग र सीता गुरुङले सहरी विकास मन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
एकीकृत समाजवादीका डा. बेदुराम भुसाल कृषि तथा पशुपन्छी र प्रकाश ज्वाला भौतिक, जसपाका अशोक राई शिक्षा, लोसपाका शरदसिंह भण्डारी श्रम तथा रोजगार, नेसपाका महिन्द्र राययादव महिला बालबालिका, माओवादीका शक्ति बस्नेत ऊर्जा तथा जलश्रोत र नागरिक उन्मुक्तीका रञ्जिता श्रेष्ठ भूमि व्यवस्था मन्त्रीको शपथ लिएका हुन् ।
यसअघि भौतिक मन्त्रालयको जिम्मेवारी सम्हालेका माओवादीका नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित गृहमन्त्रालयको जिम्मेवारी दिइएको छ ।
Comments