प्रधानमन्त्री चितवन जाने भएपछि गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन जाने भएपछि आज बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्ष बिहिन हुन पुगेको छ ।
मन्त्रालयको संख्या र मन्त्रालय भागबन्डाका लागि आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो । प्रधानमन्त्री दाहाल चितवनबाट फर्के पछि पुनः बैठक बसी मन्त्रालयको संख्या र मन्त्रालय भागबन्डा हुने जनाईएको छ । यद्धपी, प्रधानमन्त्री दाहालले भागबन्डा अनुसारको मन्त्रीहरुको नाम दिनका लागि अनुरोध गरेका छन्।
प्रधानमन्त्री दाहाल चितवनस्थित आन्तरिक विमानस्थलको शिलन्यासका लागि अहिले चितवन जाने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । चितवनबाट फर्के पछि पुनः गठबन्धनको बैठक बसेर मन्त्रालय र मन्त्रालयको भागबन्डा टुंगाइनेछ । प्रधानमन्त्री दाहाल आजै नयाँ मन्त्रीहरुको सपथ खुवाउने तयारीमा छन् ।
Comments