माइक्रोफ़ाइन्यन्स सेक्टरमा ब्लडबाथ रोकिएन, नेप्सेमा कन्ट्ररिएन बन्ने समय आउँदै!
आज नेप्सेले सपोर्टको ट्रेन्डलाइन ब्रेक गर्दै १८८८.२७मा क्लोजिङ्ग दिएको छ। माइक्रोफ़ाइन्यन्स सेक्टरमा देखिएको ब्लडबाथले समग्र नेप्सेमा २६.८७को गिरावट आएको हो। यस्तो अवस्थामा लगानीकर्ता कन्ट्ररिएन बन्न जरूरी हुन्छ।
कन्ट्ररिएन लगानीकर्ताहरू ती हुन् जो प्रचलित बजार प्रवृत्तिको विरुद्धमा जान्छन् र यस्ता लगानी निर्णयहरू लिन्छन जुन बजारमा चलेका लोकप्रिय रायको विरुद्धमा हुन्छन्। यी लगानीकर्ताहरू सामान्यतया बजारद्वारा कम मूल्याङ्कन वा बेवास्ता गरिएका सेयरहरु खरिद गर्छन र भविष्यमा यिनीहरुको उचित मूल्यांकन हुदा यसको मूल्य बढ्न गएर निकै फाइदा हुने विश्वास राख्छन। कन्ट्ररिएन लगानीकर्ताहरूले प्रायः आफ्नो लगानीको दीर्घकालीन दृष्टिकोण राख्छन्, र तिनीहरू समयसँगै उच्च प्रतिफल प्राप्त गर्नको लागि छोटो अवधिको घाटा वा उतार-चढाव सहन इच्छुक हुन्छन्।
कन्ट्ररिएन लगानी गर्नको लागि आफ्नै विश्लेषणमा बलियो विश्वास हुनुपर्दछ। साथसाथै कन्ट्ररिएन लगानीकर्ताले बजारको मास साइकोलोजीलाई बेवास्ता गर्ने क्षमता राख्नुपर्दछ। तर यो एक जोखिमपूर्ण रणनीति हो र जोखिम लिनसक्ने क्षमता भएका लगानीकर्ताहरुका लागि भने उच्च रिटर्न प्रदान गर्ने रणनीति हो। नेप्सेको यो अवस्थामा लगानीकर्ताले राम्रो कम्पनिहरु छनोट गरेर लगानी गर्नुपर्दछ। नेप्से अझ तल झर्दै गए अबको सपोर्ट १८०८को बिन्दुमा देखिन्छ।
Comments