नेप्सेमा केही अङ्कको गिरावट, कारोबार रकम १ अर्ब २८ करोड ९३ लाख !
आज आइतबार २६.८७ अङ्कले घटेर १.४०% गिरावटका साथ नेप्से परिसूचक १८८८.२७ अङ्कमा बन्द भएको छ। कारोबार भएका २५९ कम्पनीमध्ये १९ कम्पनी उकालो लागेका छन्, १९३ कम्पनी ओरालो लागेका छन् भने कम्पनी २ स्थिर रहेका छ।
कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा मायाखोला हाईड्रोपावर रहेको छ, जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ।सबैभन्दा धेरै गुमाउनेमा जीबन विकास लघुवित्त रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा हिमालयन डिष्टिलरी र भोल्यूममा एन.आइ.सी एशिया बैंकको कारोबार भएको छ।
Comments