सगरमाथा जलविद्युत् कम्पनीको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले चैत्र ८ गतेबाट सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आइपिओ) को निष्काशन तथा बिक्री खुल्ला गरेकोमा आवेदन दिने आज (चैत्र १२ गते) अन्तिम दिन रहेको छ।

मागभन्दा बढी आवेदन परेकोले सगरमाथा जलविद्युतको आइपिओमा न्युनतम १० कित्ता आवेदन दिए पुग्नेछ। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। 

कम्पनीले आफ्नो जारी पूँजी रु. १,१२,००,००,०००/- (१ अर्ब १२ करोड) मध्ये ४९% अर्थात् रु. ५४,८८,००,०००/- (५४ करोड ८८ लाख) रकम बराबर रु.१००/- अंकित दरका ५४,८८,००० (५४ लाख ८८ हजार) कित्ता शेयरहरु मध्ये जारी पूँजीको १०% अर्थात रु.११.२०,००,०००/- (एघार करोड बिस लाख) रकम बराबरको रु. १०० अंकित दरका १२,२०,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु (ईलाम जिल्लाको बासिन्दा) को निमित्त तथा सार्वजनिक निष्काशन गरिने १० प्रतिशत अर्थात रु.४,३६,८०,०००- (४ करोड ३६ लाख ८० हजार रकम बराबरको रु.१००/- अंकित दरका ४,३६,८०० (चार लाख छत्तीस हजार आठ सय कित्ता नेपाल सरकारको सम्बंधित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि बाँडफाँड गरिएको र बाँडफाँड गरे पश्चात जारी पूँजीको ३१ अर्थात् रु.४३,६८,००,०००/- (४३ करोड ६८ लाख रकम बराबरको रु.१०० अंकित दरका ४३,२८,००० (४३ लाख २८ हजार कित्ता शेयरहरु मध्ये २,१८,४०० किता शेयर (सर्वसाधारणको लागि छुट्टाईएको शेयरको ५%) सामूहिक लगानी कोषका योजनाहरुको लागि र १,३१,०४० शेयर (सर्वसाधारणको लागि छुट्याईएको शेयरको ३%) कर्मचारीहरुको लागि सुरक्षित राखी बाँकी रहेको ३५,८१,७६० कित्ता शेयर सार्वजनिक गरी बिक्री गरेको हो।

Comments

Back to top