सानिमा बैंकको ५ लाख १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

 ५ लाख १० हजार कित्ता संस्थापक सेयर सानिमा बैंकले शुक्रबार (चैत १० गते) देखि बिक्री खुला गरेको छ । सानिमाका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न निवेदन दिएपछि सेयर बिक्री खुला गरिएको बैंकले जानकारी गराएको छ । यसमा सानिमाकै अन्य संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

चैत १० गतेदेखि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम भाउ प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ भने न्यूनतम २ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन परेन भने अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले सूचनामा उल्लेख गरेको छ ।

Comments

Back to top