सम्बन्धीत शेयरधनीहरुको दुई कम्पनीद्वारा खातामा लाभांश जम्मा
आ–आफ्नो वार्षिक साधारण सभाबाट पारित भएको लाभांश सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा पठाएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र गुराँस लघुवित्त वित्तीय संस्थाले साधारण सभाबाट पारित भएको बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको हो ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको पुष २५ गते सम्पन्न १४औं वार्षिक साधराण सभाबाट पारित भएको १३.३० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भई शेयरधनीहरुको डिम्याट खातामा पठाउन सुरु गरेको हो ।
पुष ११ गतेसम्म शेयर अभौतिकीकरण गराएका बैंकका शेयरधनीहरुको बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको बैंकले जनाएको छ ।
त्यस्तै, गुराँस लघुवित्तको पुष ३० गते सम्पन्न सातौं साधारण सभाबाट पारित भएको ४ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृ गराई शेयरधनीहरुको हितग्राही खातामा पठाएको हो । पुष १९ गतेसम्म शेयर अभौतिकीकरण गराएका संस्थाका शेयरधनीहरुको बोनस शेयर हितग्राही खातामा पठाएको संस्थाले जनाएको छ ।
Comments