आरएमडिसी लघुवित्तको साधारणसभा आज, के के छन् प्रस्ताव ?

आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको २४ औँ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ  । 
लघुवित्तको सञ्चालक समितिको बैठकले २७.३६ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीको हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३६ प्रतिशत नगद लाभांश गरी कुल २७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव उक्त सभाले पारित गरेको छ ।
त्यस्तै सभाले साना किसान लघुवित्तसंग १००ः८७ को स्वाप रेसियोमा मर्जरमा जाने प्रस्ताव समेत पारित गर्नेछ । सभामा अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनमा छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेस हुने छन्  । 
उक्त सभा आज अमृत भोग कालिकास्थान, काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

Comments

Back to top